Logo

आजदेखी ‘बाहुबली : द बिगिनिंग’ फेरी भारतका सिनेमाहलहरुमा रिलिज



Spread the love

सन् २०१५ मा रिलिज भएको सर्वाधिक चर्चित फिल्म ‘बाहुबली : द बिगिनिंग’ एक पटक फेरी सिनेमा हलमा लाग्ने भएको छ । फिल्मका निर्माता यसको दोस्रो भाग रिलिज गर्नु भन्दा अगाडी यसको पहिलो भागलाई पुनः हलमा रिलिज गर्ने तयारीमा जुटेका छन् ।

baahubali-the-beginning
एस .एस. राजामौलीले फिल्मको रिलिज डेटको जानकारी दिँदै ट्विट गरेका छन्, “समय भएको छ यो एपिक फिल्मको यादलाई फेरी ताजा गर्ने र उनीहरुका लागि जसले यो फिल्म हेर्नु भएको छैन । तपाईहरु यो फिल्मलाई मिस गर्न सक्नुहुन्न । बाहुबली फेरी यहि बर्षको अप्रिल ७ मा रिलिज हुँदैछ ।”

‘बाहुबली’ भारतको सबैभन्दा बढी आम्दानी गर्ने फिल्म हो । अब यो फिल्मको दोस्रो भाग २८ अप्रिलमा रिलिज हुँदैछ । मिडिया रिपोर्ट्सको खबरलाई मान्ने हो भने ‘बाहुबली २’ ले रिलिज अगावै ४०० करोड कमाई गरिसकेको छ । फिल्मको मुख्य भूमिकामा साउथ स्टार प्रभास, राणा दग्गुबाती, अभिनेत्री अनुष्का शेट्टी र तमन्ना भाटिया छन् । फिल्मलाई एस .एस .राजामौलीले निर्देशन गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्