Logo

हेटौंडामा बस दुर्घटना : एकजनाको मृत्यु, ३० घाइते



Spread the love

४ जेठ, हेटौंडा । पूर्वपश्चिम राजमार्गको हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

ना ७ ख ९३६ नम्बरको बस काठमाडौंबाट हेटौंडा जादै गरेकोे र ना ७ ख २०५७ नम्बरको बस इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गर्दा शनिबार बिहान आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परि उदयपुरका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकाहरुमध्ये गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ भने २७ जना घाइतेको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्