Logo

त्रिकोणात्मक सिरिजको उपाधि बंगलादेशलाई



Spread the love

४ जेठ, काठमाडौँ । आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले कब्जा गरेको छ । शुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले पराजित गरेको हो ।

वर्षाले प्रभावित पारेको खेल २४ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २४ ओभरमा एक विकेटको क्षतिमा एक सय ५२ रन बनायो । वर्षाले खेल प्रभावित बनेपछि बंगलादेशलाई २४ ओभरमा २ सय १० रनको लक्ष्य दिइयो। वेस्ट इन्डिजका लागि ओपनर शाई होपले ७४ रन बनाए । सुनिल एम्ब्रिस ६९ रनमा अविजित रहे । बंगलादेशका लागि मेहदी हसन मिराजले एक विकेट हात पारे ।

डक वर्थ लेविसका आधारमा दुई सय १० रनको विजयी लक्ष्य पाएको बंगलादेशले २२.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। उसका लागि मोसाडक हुसेनले नटआउट ५२ रन र सौम्य सरकारले ६६ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्