Logo

गर्भबती महिलाहरुको अबस्था जोखिममा



Spread the love

17453643_1843621489184687_1204275512_o

सल्यान जिमालीका गर्भबती महिलाहरूको अवस्था जोखिममा रहेको छ । जिल्लाको उत्तरी भागमा पर्ने यस ठाउँका महिलाहरू अरू भन्दा गर्भबती भएको समयमा बढी जोखिममा रहेको पाइएको हो । साबिकको जिमाली गाविसमा एक मात्र स्वास्थ्य चौकी रहेको छ ।
यस स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नै छैन । महिला गर्भबती भएको समयमा पहिलो र दोस्रो पटक सम्म स्वास्थ्य चौकीमा गर्भबती जाँच गर्न आए पनि पछि नआउने गरेको पाइएको छ । उनीहरू तेस्रो र चौथो पटक जाँच गर्न ३ घण्टा हिडेर थारमारे, जिल्ला अस्पताल सल्यान लगाएतका ठाँउमा जाने गरेका छन् ।

जिमालीमा आयोजित स्वास्थ्यका लागी रेडियो बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनीहरूले स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ तेस्रो चौथो पटक गर्भबती जाँच गर्न टाढा जानु पर्ने बताएका छन् । स्वास्थ्य चौकीमा नै गर्भवती जाँच सेवा भए पनि बर्थिङ सेन्टर नहुदाँ हजारौँ रुपैयाँ खर्च गरेर बाहिर जानु पर्ने बाध्यता रहेको बताएका छन् ।

उनीहरूले जिमालीमा एक मात्रा स्वास्थ्य चौकी भए पनि यसमा बर्थिङ सेन्टर नहुनु दुखत भएको बताएका छन् । बर्थिङ सेन्टर नहुदाँ हुनेखानेहरुले जिल्ला अस्पताल वा बाहिर लगेर प्रसुती गराए पनि साँझ बिहानको हातमुख जोर्न धौँधौँ हुनेहरुले भने घरमा नै प्रसुती गराउने गरेका छन् । जसले गर्दा लामो समय सम्म व्यथा लागेमा, रगत धेरै बगेरमा समस्या हुने गर्दछ । र आमा र बच्चाको अवस्था पनि जोखिममा हुने गर्दछ ।

17408404_1843622372517932_1823058590_o

स्वास्थ्यका लागी रेडियो बहस कार्यक्रममा स्वास्थ्य चौकि जिमालीका प्रमुख लोक बहादुर बस्नेत, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रुपलाल घर्तीले स्वास्थ्य चौकी जिमालीमा बर्थिङ सेन्टर निर्माणका लागी विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस्तै १५ दिन भित्रै साबिकका ९ वटै वडामा स्टेचर उपलब्ध गराउने बताउनु भएको छ । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले यस स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निमार्णको लागी सबै सँग हातेमालो गरेर अगाडी बढ्ने बताएका छन् ।

कार्यक्रमको सहजीकरण रेडियो राप्तीका प्राविधिक प्रमुख तथा कार्यक्रमका फोकल प्रशन शिव डाँगीले गरेका थिए । यु एस ए आई डि हेल्थ फर लाईफको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय सल्यान, रेडियो राप्ती एफ.एम. सल्यान र एण्टेना फाउण्डेसन नेपालको सहकार्य र जिमाली स्वास्थ्य चौकीको स्थानीय व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेबिका, आमा समूहका पदाधिकारी, शिक्षक , विद्यार्थी, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्