Logo

भारतीय टोलीद्वारा बाँकेको प्रहरी चौकीमा आक्रमण



Spread the love

४ जेठ, काठमाडौं । प्रहरीले चरेस ओसारपसार गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ ।

पाँच किलो चरेससहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो ।

स्थिति तनाब भएपछि प्रहरीले ६६ राउन्ड हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्