Logo

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



Spread the love

४ जेठ, सिरहा। गोलबजार नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार राति ७० वर्षीया बुद्धमाया मगरको हात्तीले किचेपछि ज्यान गएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

छिमेकीको घरबाट टीभी हेरी घर फर्कदा हात्तीले आक्रमण गरेको थियो। मगरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्