Logo

के तपाईलाई धेरै रिस उठ्छ ? यदि रिस धेरै उठ्छ भने रिस नियन्त्रण गर्ने यी उपायहरु अप्नाउनुहोस



Spread the love

साधारणतया रिस सबैलाई उठ्छ। कसैलाई धेरै उठ्छ त कसैलाई थोरै । तर, रिसलाई नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। यी उपायहरू यस प्रकारका छन्ः

१. एकदेखि सयसम्म गन्ने
यदि तपाई रिसले चुर हुनुभएको छ भने एकदेखि एकसम्म गन्नुस्। ती गन्ती गन्दै गर्दै जादा बिस्तारै तपाईंको रिस पनि कम हुदै जान्छ।

२. एकपटक लामो श्वास फेर्ने
जब रिस उठ्छ छिटो छिटो श्वास बढ्दै जाने हुनाले बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्नुपर्छ । रिस आफै शान्त हुदै जान्छ ।

३. हिँड्ने बानी गर्नुपर्छ
व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम गर्दछ । त्यसले शरीर र दिमागलाई राम्रो गर्छ।

४. मनपरेको शब्द मन्त्रको रुपमा उच्चारण गर्नुपर्छ
आफूले मन परेका शब्द वा वाक्य खोज्नुहोस् र त्यसमा एकाग्र हुने कोसिस गर्नुपर्छ। त्यो शब्द मन्त्रको रुपमा बारम्बार गरिराख्नु पर्छ ।

५. जिउ तन्काउने
रिस लागिरहेको छ भने घाँटी तथा जिउ तन्काउनुहोस्। यसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ।

६. मानसिक उल्झनबाट मुक्त हुनुपर्छ
चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पना गर्नुहोस ।

७. गीत सुन्ने
रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्नुस् र आफ्नो भावना बहलाउनुहोस्। यसले तपाईंको चिन्ता रिस छिनभरमै हराउन मद्दत गर्छ।

८. चुप लाग्ने
रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुस् की तपाईको ओठमा गम टाँसिएको छ,बोल्न सक्नुहुन्न। यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय सक्नुहुन्छ ।

९. आफूलाई समय दिने
अरुभन्दा अलग बस्नुहोस्। यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किन सक्नुहुन्छ।

१०. लेख्ने कोसिस गर्ने
जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ। रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस्।

११. साथीसँग मनको कुरा भन्ने
आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्नुस् जसले गर्दा तपाईको असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ।

प्रतिक्रिया दिनुहोस्