Logo

सिटिलाई एफए कपको उपाधि, स्टर्लिङले गरे ह्याट्रिक



Spread the love

५ जेठ, काठमाडाैँ – म्यानचेस्टर सिटीले इन्ग्लिश एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, ग्राबियल जिसस र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्