Logo

भरतपूर गोल्डकपको उपाधि संकटालाई



Spread the love

५ जेठ, काठमाडौं – संकटा क्लबले चितवनमा जारी भरतपुर गोल्डकपको उपाधि उचालेको छ । उपाधि भिडन्तमा झापा ११ लाई पराजित गर्दै संकटा क्लबले सिजनको पहिलो उपाधि उचालेको हो ।

उपाधि सहित संकटाले ६ लाख प्राप्त गर्यो । उपविजेता झापा ११ ले ३ लाखमा चित्त बुझायो ।

नारायणगढस्थित क्याम्पाचौर मैदानमा संकटाले झापा ११ लाई ३–० गोल अन्तरले हरायो ।

संकटाका लागि सुमित मैनाली, लक्षमण रूचालले एक एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्