Logo

दुर्घटनामा एक जनाको मृत्यु



Spread the love

५ बैशाख, झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–१२ दुवागढीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक दुहागढी गाविस–४ का ४१ वर्षीय अर्जुन सुनुवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मे४प ८१८६ नं को मोटरसाइकल तथा मे९प १७८४ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मे९प १७८४ नं को मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा परी मे४प ८१८६ नं को मोटरसाइकलका चालक इलाम देउमाई–३ का ३० वर्षीय प्रेमबहादुर मगर र सोही मोटसाइकलको पछाडि सवार सुनसरी इटहरी नगरपालिकाका १७ वर्षीया आशिका मगर गम्भीर घाइते भएका छन् । उनीहरुको विर्तामोडस्थित बिएण्डसी अस्पतामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्