Logo

मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत



Spread the love

 

५ जेठ, काठमाडौ ।

मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत भएकी छन् । २८ वैशाख शनिबारका दिन जानकीनगरबाट चन्द्रनगर मामाको घरमा आएकी बालिका बलात्कृत भएकी हुन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

मामाघरमा हजुरआमासँगै बजार घुम्न आएकी बालिकालाई चन्द्रनगर गाउँपालिका–२ बस्ने स्थानीय २६ वर्षीय रामजी साह तेलीले कपलचोक बजारनजिक रहेको मकैबारीमा लगी जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

करणीपछि बालिकाको गुप्तांगबाट रगत बगेको छ । बालिकाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि अवस्था समान्य रहेको छ । बालिका हरिपुर नगरपालिका जानकीनगर घर भई मामाघर आएकी बालिकालाई अभियुक्त साहले ललाइफकाइ करणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्