Logo

बसको ठक्करबाट १ मोटरसाइकल चालकको मृत्यु



Spread the love

५ जेठ, सिरहा। सिरहाको धनगढीमाई नगरपालिका सडकमा बसको ठक्करबाट १ मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

मृत्युहुनेमा सर्लाही लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरी हुन् भने गम्भीर घाइते भएका सोहि ठाउँकै विक्रमकुमार चौधरी हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीको ठक्कर बाट  मोटरसाइकल चालकको श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

साथै उक्त सिटी सफारी र चालकलाई प्रहरीले नियाँन्न्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्