Logo

टिपर दुर्घटना हुँदा २ सहचालकको मृत्यु



Spread the love

५ जेठ, कटारी । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्डको कटारी नगरपालिका- १४ लामीडाँडामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्युहुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका-११ का २० वर्षीय लिलाबहादुर सार्की र कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकी रहेका छन् ।

सिरहाको मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको टिपर पछाडी सार्ने क्रममा टिपर सडकबाट करिब १ हजार ५ सय मिटर तल दादुरा खोलामा खसेको र उक्त दुर्घटनामा परि उनीहरको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिएका छन् ।

साथै टिपर चालक सिन्धुली नगरपालिका ११ का ४० वर्षीय हर्कबहादुर सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अघि बढाएको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्