Logo

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना गम्भीर घाइते



Spread the love

 

५ जेठ, बैतडी l बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जिप दशरथ चन्द नगरपालिका–११ नानीगाड स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका हीराबल्लभ भट्ट, सोही ठाउँका नरुली भट्ट रहेका छन् भने एक जना मृतकको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते हुनेमा दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बसोबास गर्ने राहुल भट्ट र जिप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । दुर्घटनाको कारण अझै सम्म नखुलेको र जिप सडकबाट १५० मिटर तल खसेको प्रहरीले बताएका छ l

प्रतिक्रिया दिनुहोस्