Logo

लेक लागेर १ जनाको मृत्यु



Spread the love

५ जेठ, हुम्ला । हुम्ला जिल्ला नाम्खा गाउपालिका ५ नारा लेकमा लेक लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा नाम्खा गाउपालिका ६ तिलगाउका ६९ वर्षीय छिरिङ लामा रहेका छन् । हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेको समाचार पाएर काठमाडौंबाट सिमकोट आएका लामा तिलगाउ घर जाने क्रममा लगभग ५ हजार मिटर उचाइको नारा लेकमा उकालो लाग्दैै गर्दा लेक लागेर हिड्न नसक्ने भएपछि लामालाइ हेलिकप्टरबाट उद्धार गरी हिल्सा पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी रामपसाद घर्ती मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्