Logo

सेती नदीमा बगेर बेपत्ता



Spread the love
सांकेतिक तस्बिर

४ जेठ, दिपायल – सेती नदीमा नुहाउने क्रममा आज बगेर एक बालिका बेपत्ता भएकी छिन् । शिखर नगरपालिका–४ घर भई दीपायल सिलगढी नगरपालिका–५ घोल्तडा मामाघर घर आएकी १६ वर्षीया धर्माकुमारी महरा नुहाउने क्रममा बगेर बेपत्ता भएकी प्रहरी निरीक्षक कमलापति पन्तले जानकारी दिए ।

महराको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । पानी धमिलो भएकाले खोजी गर्न समस्या भएको छ । शुक्रबार केआइसिंह गाउँपालिका–५ रानागाउँका ३९ वर्षीय शिक्षक योगबहादुर रावल कालागाढस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । उनको अहिलेसम्म पत्तो लागेको छैन । गर्मी अत्यधिक भएपछि सेती नदीमा नुहाउनेको सङ्ख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्