Logo

नुनको मूल्य ६० रुपैयाँ



Spread the love

salt

नौ रुपैयाँ एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

सिस्नेमा पाँच गाउँ भए पनि ठाउँअनुसार नुनको मूल्य फरक फरक छ । ती गाउँहरुमा नुनको मूल्य ४५, ५०, ५५ र ६० रुपैयाँ छ ।

भौगोलिक विकटताले सडकको पहुँच नहुँदा ढुवानी भाडा महँगो पर्ने भएकाले नुनको मूल्य महँगो पर्न गएको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्