Logo

भलिबल दिवसमा विद्यालयस्तरीय छात्रा भलिबल



Spread the love

६ जेठ, काठमाडाैँ – चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी चन्द्रागिरि नगर कमिटीको आयोजनामा यही जेठ ८ देखि ११ गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताका संयोजक कुमार राईका अनुसार मदन भण्डारी स्पोर्टस एकेडेमीले गत वर्षदेखि नेपालको राष्ट्रिय खेल भलिबल भएको दिनलाई ‘भलिबल डे’का रुपमा मनाउँदै अन्तर विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । दुई वर्षअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा दलजीत श्रीपाइली युवा तथा खेलकूदमन्त्री भएको बेला नेपाल सरकारले जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । सोही दिनको सम्झनामा ‘भलिबल दिवस’ मनाउने गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

“दोस्रो संस्करणको प्रतियोगिता तयारीमा छौँ”, उनले भने, “प्रतियोगिताको माध्यमबाट लुकेका प्रतिभाको खोजी गरिनेछ ।” प्रतियोगितामा १० विद्यालयको सहभागिता रहनेछ । लिग कम नकआउटको आधारमा खेलाइनेछ । प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित न्यू डायमण्ड एकेडेमीको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ६० हजार, उप–विजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार तथा चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले रु एक हजार पाँच सय तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सर्भर, डिफेण्डर, सेटरले रु एक हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्