Logo

दुर्घटनामा दुई जनाको मृत्यु



Spread the love

६ जेठ, चितवन – चितवनमा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–८ गोँगबुका ३० वर्षीय अनुप खड्काको मुत्यु भएको हो । गम्भीर घाइते खड्काको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै हिजै नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सत्रकिलोमा दुई मोटरसाइकल ठोक्किदा काठमाडौँ महानगरपालिका–५ का शेखर नगरकोटीको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढततर्फ आउँदै गरेको बा ६३ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

सडकमा पल्टिएको मोटरसाइकलमा सोही दिशाबाट आउँदै गरेको ग १३ प ८५९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते नगरकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा ६३ प १४५८ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बुको सल्लेरी नगरपालिका–७ का २५ वर्षीय सुशील घतानी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्