Logo

कारबाहीबाट बच्न न्यायाधीशले दिए राजीनामा



Spread the love

६ जेठ, काठमाडौं ।

शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि छानबिनको घेरामा रहेका तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन् । चार महिनादेखि कामविहीन भएका न्यायाधीश उपाध्यायले कारबाहीबाट बच्न सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

न्यायपरिषद्ले उनको शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि १ असार २०७५ मा काठमाडौं झिकाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चमा पदबहाली गरेलगत्तै उपाध्यायले उनका विवादित फैसला र शैक्षिक प्रमाणपत्रका विषयमा छानबिनका लागि न्यायपरिषद् झिकाइएको थियो ।

एक दर्जनभन्दा बढी जिल्लामा न्यायाधीश भएका उपाध्यायले गरेका अधिकांश न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएपछि उनका विषयमा उजुरी परेको थियो । स्नातकको प्र्रमाणपत्र पेस नै नगरी न्याय सेवामा प्रवेश गरेका उनको विषयमा न्यायपरिषद्ले छानबिन थालेको थियो । न्यायिक कार्यमा विचलन देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनीविरुद्ध परेको उजुरीका आधारमा परिषद्ले उनलाई तानेको थियो ।

प्रतिक्रिया दिनुहोस्