Logo

‘गुन्डानाइके’ दाबा लामामाथि गोली प्रहार



Spread the love

गुण्डा नाइके दावा लामामाथि काठमाडौंको गौरीघाटमा गोली प्रहार भएको छ । दिव्या पार्टी प्यालेसमा रहेको क्लबमा जिम गर्न जाने क्रममा लामामाथि क्लब बाहिर गोली प्रहार भएको हो ।

download-2

उनलाई कोखमा गोली लागेको छ। गोली लागेका लामाको जोरपाटीमा रहेको मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई पैदल आएका एक व्यक्तिले चार राउण्ड गोली हानेर भागेका थिए । उनी पार्टी प्यालेसमा रहेको क्लबमा जिम गर्न दैनिक जाने गरेका थिए ।

उनलाई कसले गोली हान्यो भन्ने बारेमा अहिलेसम्म एकीन हुन सकेको छैन । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ। गोली कसले चलायो र किन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्