Logo

यस्ता छन् हाम्रो स्वास्थ्यमा मकै खानुको फाईदाहरु



Spread the love

हाम्रो नेपाली समाजमा मकै खाजाका रूपमा चिरपरिचित छ । सायद मकै मन नपर्ने मानिसहरू हाम्रो समाजमा कमै मात्रामा होलान् । यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । मकैलाई भुटेर, उसिनेर, पोलेर विभिन्न परिकार बनाएर खान सकिन्छ । त्यसैले मकै खाँदा हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्दछ ।

यी हुन् मकै खानुका फाइदाहरू:

– मकैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । नियमित मकै खाने मानिसमा एसिडिटी र कब्जियतको समस्या हुँदैन ।

– मकैमा भिटामिन ए तथा सी का एण्टिअक्सिडेण्ट पनि निकै राम्रो मात्रामा पाइन्छ , यसबाट अनुहारमा चाउरी पर्ने समस्यालाई कम हुन्छ ।

– आँखाको दृष्टिका लागि बीटा क्यारोटीन तथा भिटामिन ए निकै उपयोगी मानिन्छन् जुन तत्वहरु मकैमा पाइन्छन् । त्यसैले मकैले आँखाको समस्यामा कमी ल्याएर दृष्टि क्षमता राम्रो बनाउन मद्दत गर्छ ।

– मकैले दाँतको व्यायाम हुने हुनाले । यसले दाँत सफा र बलियो बनाउन मद्दत गर्दछ ।

– मकैमा फोलिक एसिड पर्याप्त मात्रामा हुने भएकाले गर्भवती महिलाका लागि यो फाइदाजनक मानिन्छ ।

– मकैमा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्