Logo

पिपलको पातको प्रयोग गर्नुहोस् र यी रोगहरूबाट मुक्ति पाउनुहोस्



Spread the love

 

हाम्रो हिन्दु समाजमा पिपलको रुखलाई पूजा गर्ने चलन चलि आएको छ l धार्मिक विश्वासअनुसार जसलाई भगवान् विष्णुको रूप मान्ने गरिन्छ l तर यसलाई धार्मिक दृष्टिकोण नभई वैज्ञानिकहरूले पनि यसको महत्त्व बारे वर्णन गरेका छन् l पिपलको रुख एउटा मात्र यस्तो वनस्पति हो,जसले निरन्तर अक्सिजन दिइरहेको हुन्छ l र यसको पातहरूबाट पनि विभिन् औषधि बनाउन सकिनेछ l

यस्ता छन् पिपलका फाइदाहरु :

दाँत बलियो बनाउन
पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रूपमा प्रयोग गरी यसलाई मानिसहरूले आफ्नो बलियो तथा सेता दाँत बनाउनका लागी पनि प्रयोग गर्न सक्छन् ।

रुघा तथा खोकीबाट छुटकारा
पिपलका थोरै पातहरूलाई सफा पानीले पखालेर दुधसँग उमालेर त्यसमा चिनी मिसाएर बिहान र बेलुका दुई पटक पिउनुहोस् l जसबाट मौसमका कारण हाबी हुने खोकी तथा रुघाबाट मुक्त हुन् सकिनेछ l

मुटुसम्बन्धी रोगको औषधि
पिपलको पातहरूलाई सफा पानीमा धेरै बेर सम्म उमाल्नुहोस् । त्यस पश्चात् निस्किएको उक्त अर्धतरल पदार्थलाई तीन भागमा बाँड्नुहोस् । र ३ घन्टाको फरक गरी पिउने बानी बसाल्नुहोस् l जसले गर्दा मुटु सम्बन्धी रोगको खतरा कम हुने गर्दछ l

दमका रोगबाट मुक्ति
यदि कसै व्यक्तिमा दम रोगले आक्रमण गरेका छन् भने त्यस्ता रोगीहरूले पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग चूर्ण बनाएर मनतातो पानीसँग पिउनाले यस रोगबाट पनि छुटकारा मिल्न सकिनेछ l

प्रतिक्रिया दिनुहोस्