Logo

हाम्रो आँखालाई धुलोधुँवाबाट कसरी जोगाउने ? यस्ता छन् केही उपायहरू



Spread the love

 

हाम्रो नेपालमा शहरी क्षेत्रहरुमा मानिसहरू धुलोधुँवाको समस्याबाट गुज्रिरहनु परेको छ । अव्यवस्थित सहरीकरणको कारणले गर्दा शहरी क्षेत्रमा धुलोधुँवा दिन प्रतिदिन बढ्दै गइरहेको छ । जसको कारणले गर्दा हाम्रो आँखामा विभिन्न समस्याहरू देखा पर्न थालेका छन् । त्यसैले हामीले हाम्रो आँखालाई सुरक्षित राख्न जरुरी छ ।

यस्ता छन् आँखालाई धुलोधुँवाबाट जोगाउने केही उपायहरू :

– जहिले पनि धुलोधुँवामा हिँडिसके पछि सफा पानीले राम्रोसँग आँखा र मुख धुनु पर्दछ l

– यदि धुलो बाटोमा हिड्नुपरेमा चस्माको प्रयोग गर्नु पर्दछ l किन भने चस्माले आँखा सुरक्षित राख्न मद्दत गर्दछ l

– तपाईँको धुलोका कारण आँखामा समस्या देखिएमा आफैले कुनै पनि औषधि प्रयोग गर्नु हुँदैन जसले गर्दा आँखाको ज्योति जान सक्ने सम्भावना हुन्छ l

– आँखामा केही साना समस्या देखिएमा तुरुन्त चिकित्सकको परार्मश लिन जानु पर्दछ किन भने आँखाको साना -साना समस्याले गर्दा पनि पछि गएर ठुलो समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्