Logo

लिग वानमा २० वर्षीय एमबाप्पेलाई दुई अवार्ड



Spread the love

६ जेठ, काठमाडौं । फ्रान्स तथा पेरिस सेन्ट जर्मेनका केलियन एमबाप्पेले युनियन नेसनस डि फुटबलर्स प्रोफेसनलमा दुई अवार्ड हात पारेका छन् ।

युवा स्टार एमबाप्पे लिग वानको प्लेयर अफ दि इयर र योङ प्लेयर अफ दि इयरको अवार्ड जितेका हुन् । यो सिजनको लिग वानमा ३० गोल गर्दै एमबाप्पे शीर्षस्थानमा रहन सफल भएका छन् ।

एमबाप्पेसँगै आफ्नै टिमका पाँच सहयात्री लिग वानको टिम अफ दि इयर घोषित भए । कार्यक्रमको दौरान विमान दुर्घटनामा मृत्यु भएका इमिमिलियानो सालालाई विशेष सम्मान गरिएको थियो ।

आइतबार राति सम्पन्न अवार्ड कार्यक्रममा आर्सनलका पुर्व प्रशिक्षक आर्सेनी विङ्गर र चेल्सीका पुर्व फरवार्ड ड्रिडियर ड्रोग्वालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्