Logo

थाहा पाउनुहोस् हाम्रो स्वास्थ्यमा सोप खानुका फाईदाहरु



Spread the love

मानिसहरू खान खाए सके पछि होस् या खाजा खाए पछि सोप खाने गर्दछन् । सोपले हामीले खाएको खाना पचाउनका लागि , मुखको दुर्गन्ध हटाउनका लागि सेवन गर्ने गर्दछौ । यसमा क्याल्सियम, सोडियम, आयरन, पोटासियमको पाईनेहुनाले खाना खाइसकेपछि सोप चपाउनु हाम्रो स्वास्थ्यको लागी एकदम फाईदाजनक हुन्छ ।

हाम्रो स्वास्थ्यको लागी सोप खानुका फाईदाहरु :

१. सोपमा मिश्री मिलाएर खाएमा कब्जियतको समस्या हुन दिदैन ।

२ . सोपलाई बेलको गुदीसित बिहान बेलुकी चपाएर खाएमा झाडापखाला जस्ता समस्याबाट मुक्ति मिल्दछ ।

३ . सोपको चुर्णलाई दैनिक मनतातो पानीसित सेवन गरेमा आँखाको रोशनी बढाउन मद्दत गर्दछ ।

४ . खाना खाए पछि सेप सेवन गर्नाले खाना पच्न्ना मद्दत गर्दछ र भुटेको सोपलाई चपाएर खाएमा पेट सम्बन्धी समस्या ,पेटको दुखाई कम गर्दछ ।

५ .तपाईँलाई खोकी लागेको छ भने सोपमा अलिकति मह मिलाएर खाएमा खोकीको समस्या ठिक हुन्छ ।

६ . दैनिक रूपमा सोपलाई चपाएर खानाले छालामा पनि चमक आउँछ ।

प्रतिक्रिया दिनुहोस्