Logo

कोहलीको क्रिकेट बाहिर नयाँ कीर्तिमान



Spread the love

६ जेठ, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाममा विश्व क्रिकेटमा थुप्रै दुर्लभ कीर्तिमान छन् । विश्व क्रिकेटमा राज गरिरहेका कोहलीले मैदानबाहिर पनि नयाँ रेकर्ड कायम गरेका छन् ।

सामाजिक सञ्जालमा १ सय मिलियन फलोअर्स हुने विराट पहिलो क्रिकेटरको बन्न सफल भएका छन् । उनको इन्स्टाग्राममा ३३.७ मिलियन, ट्वीटरमा २९.५ मिलियन तथा फेसबुकमा ३७ मिलियन फलोअर्स रहेका छन् । कोहली सामाजिक सज्जालमा व्यस्त हुने क्रिकेटर मधयका एक हुन् ।

विराटको खेलमा सफलतासँगै व्यापारिक क्षेत्रमा पनि उत्तिकै चर्चा चलिरहेको छ । दुई सातापछि इंग्ल्यान्ड र वेल्समा सुरु हुने विश्वकपको तयारीमा विराट जुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्