Logo

जान्नुहोस् यस्ता समस्या भएका व्यक्तिहरूले खानु हुँदैन तितेकरेला



Spread the love

करेला हाम्रो स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, सबैको लागि उपयुक्त हुन्छ भन्ने हुँदैन । कतिपय यस्ता बिरामीहरु छन् जसले तितेकरेलाको सेवनले उनीहरूको स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

यी व्यक्तिहरूले करेला सेवन नगरेकै राम्रो हुन्छ :

१.जुन व्यक्तिलाई प्रेसरको समस्या छ त्यो व्यक्तिले करेला खानु हुँदैन किन भने करेलाले झन् प्रेसर लो बनाऊदछ l

२. गर्भवती महिलाहरूले पनि करेला खानु हुँदैन किनकि यसले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । जसले गर्दा बढ करेलाको सेवनले गर्भ खेर जान सक्छ ।

३. यदि तपाईँलाई पायल्सको समस्या छ भने करेला खानु हुँदैन । करेलाले पायल्सको समस्यालाई बल्झाउन मद्दत गर्छ ।

४.कुनै पनि रोगको शल्यक्रिया भएको दुई हप्तासम्म करेला प्रयोग गर्नुहुँदैन ।जसले गर्दा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ ।

५. महिलाहरूलाई महिनावारीको समस्या छ भने बढी करेला खानु हुँदैन किनकि करेलाले अत्यधिक मात्रामा रक्तश्राव गराऊछ ।

प्रतिक्रिया दिनुहोस्