Logo

युभेन्टससंग एटालान्टा बराबरीमा रोकियो



Spread the love

६ जेठ, काठमाडौं । आइतबार इटालियन सिरी ए अन्तर्गत युभेन्टस र एटालान्टाबीचको खेल १-१ को बराबरीमा रोकिएको छ ।

एटालान्टाका लागि ३३ औं मिनेटमा जोसिप इलिचिचले खराब डिफेन्डीङको फाइदा उठाउँदै गोलको खाता खोले । १० मिनेट समय बाँकी रहँदा मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा फर्काए । दोस्रो हाफको इन्ज्युरी समयमा फेडेरिको बर्नार्डेस्की रातो कार्ड खाँदै मैदान बाहिरीएपछि युभेन्टस १० खेलाडीमा समेटिएको थियो ।

खेलको समापनपछि युभेन्ट्सलाई लिग विजेताको ट्रफी प्रदान गरिएको थियो । युभेन्टसले एक महिना अगाडी नै लिग उपाधि कब्जा गरिसकेको थियो । ५ वर्षपछि प्रशिक्षक एलेग्री क्लब छाड्न लागेका हुन् । उनि यसैक्रममा युभेन्ट्सलाई लगातार घरेलु उपाधि दिलाउन सफल रहेका थिए । रोनाल्डोले पनि खेलअघि लिगको प्लेयर अफ द इयरको उपाधि हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्