Logo

के तपाईँलाई थाहा छ ? आइक्रिमको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्दछ



Spread the love

आइक्रिम कसलाई पो मनपर्दैन र विशेषगरी बालबालिकाहरुलाई अत्यधिक मात्रमा मन पर्दछ । अहिले गर्मी मौसम हुनाले बजारमा प्रशस्त मात्रामा आइक्रिम उपलब्ध छ । विभिन्न थरिका , धेरै स्वाद अनुसारको आइसक्रिम पाईन्छ ।
आइसक्रिममा क्याल्सियम, भिटामिन र प्रोटिनको मात्रा धेरै पाईन्छ । तर गुणस्तरहीन आइसक्रिम खाएमा यसले बेफाइदासमेत गर्छ । जसले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

जान्नुहोस् आइसक्रिमको सेवनले हाम्रो शरीरमा हुने बेफाईदाहरु :

– आइसक्रिममा प्रयोग गरिने सुगरको मात्राले मधुमेहका बिरामीलाई नराम्रो असर पुर्याउछ ।

– बजारमा पाइने सबै आइसक्रिम गुणस्तरयुक्त हुन्छन् भन्ने छैन । त्यस्ता गुणस्तरहीन आइसक्रिम खाएका मानव स्वास्थ्यमा हानि पुग्छ ।

– आइक्रिममा क्यालोरीको मात्रा एकदमै धेरै हुने हुनाले बढी खाएमा मोटोपन बढाउने गर्दछ ।

– रगतमा उच्च मात्रामा कोलेस्ट्रोल भएका व्यक्तिले आइसक्रिम सेवन गर्नु हुँदैन । किनकि आइसक्रिमले रक्तधमनीमा रोकावट आई हृदयघात र पक्षघात हुन सक्ने सम्भावना रहन्छ ।

– आइसक्रिममा लिस्टेरिया नामक ब्याक्टेरियासमेत हुन्छ । उक्त ब्याक्टेरियाले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्छ ।

प्रतिक्रिया दिनुहोस्