Logo

२६ वर्षे सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्दै ? यस्तो देखिए यी जोडी रेड कार्पेटमा



Spread the love

हलिउड नायिका तथा गायिका सेलिना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् । गोमेजले फ्रान्समा चलिरहेको कान्स फेस्टिभल २०१९ को रेड कार्पेटमा आफ्नो जबरजस्त उपस्थिति जनाइन। २६ वर्षिया यी नायिका आफ्नो को-स्टार बिल मुरेसंग कान्समा सहभागी भएकी हुन। बिल र सेलिनाले ‘द डेड डन्ट डाइ’ फिल्ममा संगै काम गरेका छन।

https://www.instagram.com/p/Bxh6oZgg2ql/

कान्सको रेड कार्पेटमा जब बिलले सेलिनाको कानमा साउती मारे सो तस्विर इन्टरनेटमा भाइरल भयो। रेड कार्पेटको प्रत्यके पाइला-पाइलामा यो जोडीले निकै रोमान्टिक भएर प्रस्तुति दिए। सेलिनाले इस्टाग्राममा आफ्नो तस्विर सेयर गर्दै ‘बिल र म विवाह गर्दैछौँ’ भनी लेखेकी छिन्।

६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।’ यद्यपी, पिंकभिल्लाका अनुसार सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्