Logo

विषालु च्याउ खाँदा तीनजनाको मृत्यु



Spread the love

 

६ जेठ, बेसीसहर। लमजुङमा जंगलको विषालु च्याउ खाँदा तीन जनाले ज्यान गुमाएको छ । जंगली च्याउबाट गम्भीर बिरामी भएका गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो ।

शुक्रबार बैशाख २७ गते जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।

अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।

गत बिहीबार नै उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्