Logo

नगद ठगी गरेको अभियोगमा २ जना पक्राउ



Spread the love

६ जेठ, मोरङ । प्रहरीले नगद ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ भने १ जना फरार भएका छन् । पक्राउ पर्नेमा ग्रामथान-६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी रहेका छन् ।

उनीहरुले बेलबारी-९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई आफूहरु आरएन बैंक बिराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख ऋण दिन्छौ भनि उनीहरुको नागरिताको फोटोकपी र नगद ५ हजारका दरले १ लाख ६ हजार रुपैयाँ उठाएर लिएका थिए ।

स्थानीय बासिन्दाहरुले ठगी गरेको थाहा पाए पछि दुबै जनालाई पक्राउ गरि अस्थाई प्रहरी चौकी डाँगा बजारमा बुझाएका हुन् । भने ठगीमा संलग्न फरार १ जनाको खोजी भईरहेको र यस सम्बन्धमा थप अनुसन्धन गरिरहेको प्रहरीले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्