Logo

विषालु च्याउको सेवनले ३ जनाको मृत्यु



Spread the love

 

 

६ जेठ,लमजुङ । लमजुङमा विषालु च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ l जङ्गलको च्याउको सेवन गरी मृत्यु हुनेमा क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका सुलबहादुर क्षेत्री, उनका छोरा मन्तोष क्षेत्री र छिमेकी साजन क्षेत्री रहेका छन् भने गम्भीर घाइते हुनेमा सुलबहादुरकी श्रीमती सरिता रहेकी छिन् l

घाइतेलाई तुरुन्त उपचारका लागी पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो l तर त्यहाँको अस्पतालमा उपचार असम्भव भए पश्चात् काठमाडौंस्थित नेशनल अस्पताल लगियो ।

दुर्भाग्य बस काठमाडौंको अस्पतालमा पनि कुनै किसिमको उपचार सम्भव नभए पछि गत बिहीबार उनीहरूको मृत्यु भएको क्व्हालासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्