Logo

रोनाल्डोलाई सिरी ए मा ‘प्लेयर अफ द सिजन’ को उपाधि



Spread the love

६ जेठ, काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए मा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

युभेन्टसलाई सिरि ए को शीर्ष स्थानमा रहन महत्वपूर्ण योगदान पुर्याएका रोनाल्डो प्लेयर अफ द सिजन घोषित भएका हुन् । उनले लिगमा २२ गोल गरे भने ११ गोलका लागि सहयोग गरेका थिए ।

सिरी ए को अवार्डमध्ये उत्कृष्ट युवा खेलाडीको अवार्ड रोमाका निकोलो जानिओलोले हात पारेका छन् । उत्कृष्ट स्टाइकर साम्पडोरियाका फाबियो क्वाग्लीआरेल्ला बन्दा उत्कृष्ट डिफेन्डर नेपोलीका कालिडु कौलीबाली, उत्कृष्ट मिडफिल्डर सर्गे मिलिन्कोभिच साभिच–लाजियो बनेका छन् । यस्तै, उत्कृष्ट गोलकिपरको अवार्ड इन्टर मिलानका सामिर हान्डानोभिचले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्