Logo

हुण्डी कारोबार गर्ने ३ जनालाई प्रहरीद्वारा पक्राउ



Spread the love

६ जेठ, काठमाडौं ।  प्रहरीले चाबहिलबाट हुण्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाबहिल बस्ने सुनसरी बरहा नगरपालिका-७ का ४० वर्षीय जगत खड्का, ललितपुर हात्तीगौँडा बस्ने सोलुखुम्बु मात्य दुधकोशी गाउँपालिका-२ का ३६ वर्षीय अर्जुन राई र कपन बस्ने सोलुखुम्बुकै २३ वर्षीय सुनिल राई रहेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले उनिहरुबाट नगद ३४ लाख ८९ हजार ३ सय रूपैयाँ, विभिन्न बैङ्क भौचर र एक थान कम्प्युटर बरामद गरेको छ।
उनीहरुलाई चाबहिलमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । हिरासतमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्