Logo

दार्चुलाको क्याम्पसमा शिक्षक कर्मचारीद्वारा तालाबन्दी



Spread the love

६ जेठ, दार्चुला। दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा शिक्षक कर्मचारीले बिगत ११ महिनादेखि तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका छन् ।

क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीको नियुक्ति अनुसारको तलब भत्ता नदिए सम्म तालाबन्दी नखुल्ने उनीहरूले बताएका छन्। क्याम्पसका कर्मचारी आन्दोलित भएपछि पठन-पाठन कार्य ठप्प रहेको हो ।

विश्वविद्यालय प्रशासनमा तलब भत्ताको माग गर्दा पनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएका गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक धनसिंह विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्