Logo

स्थानीय तहमा भएका अन्याय ,अत्याचार र भ्रष्टाचारको विरुद्ध गुल्मी काङ्ग्रेसको अभियान सुरु



Spread the love

६ जेठ, गुल्मी – अनियमितता गर्नमा गुल्मीका स्थानीय तह अग्र पङ्तिमा रहेको कुरा केही समयअघि सल्लेरी खबरबाट प्रकाशित हुँदा आम गुल्मेली जनता अचम्मित बनेका थिए । गुल्मीमा अख्तियारको कार्यलय बुटवलले पनि पटक पटक अनुगमन गर्दै आएको छ । त्यस्तै अहिले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रसले स्थानीय तहमा भएका अन्याय ,अत्याचार तथा भ्रष्टाचार विरुद्ध अभियाननै सुरु गरेको छ ।

जिल्लाको इश्मा गाउँपालिकाका जनप्रतिनिधिले गरेको भ्रष्टाचार,आर्थिक अनियमितता ,ढिलासुस्ति ,अन्याय तथा अत्याचारको विरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले नेपाली कांग्रेस गुल्मीले कृष्ण प्रसाद रिजालको संयोजकत्वमा ४५ सदस्यीय गाउँपालिका स्तरीय नागरिक जागरण समिति गठन गरेको हो ।

“प्रत्येक नागरिकको हक समान हक र अधिकार प्राप्तिको लागि हाम्रो अभियान” भन्ने नाराका साथ सम्पन्न नेपाली काङ्ग्रेस गाउँपालिका स्तरीय भेलाले सह(संयोजकमा केशव कुवर, सचीवमा इश्वरी घिमिरे ,कोषाध्यक्षमा चन्द्रबहादुर खड्का नारायण रिजाल,सदस्यहरुमा नारायण रिजाल ,झबिन्द्र अर्याल,घनश्याम कुवर,माधव पौडेल ,बिष्णु घिमिरे ,ढाल बहादुर कुवर,बैकुण्ठ कुवर,गोकर्ण खत्री ,देबिराम घिमिरे ,लोकेन्द्र खड्का ,अमृता रिजाल ,कल्पना अधिकारी ,कुल बहादुर अछामी,माया बस्नेत ,यम बहादुर खत्री,निम बहादुर थापा लगायत स्थानीय सबै तहका उम्मेदवारहरु रहेको जिल्ला सदस्य तथा छाया सरकार प्रमुख चन्द्रबहादुर महतले जानकारी दिए ।

भेलाले चन्द्रबहादुर महत संयोजक र भगतसिह खड्का ,रेशम कुवर,नर बहादुर अर्याल ,शेर बहादुर कुँवर,चुरा बहादुर खत्री ,प्रेम पछाइ,मन बहादुर दर्लामी,रामेश्वर अर्याल र रामप्रसाद अर्याल सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ ।

भेलामा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले भ्रष्टाचार,आर्थिक अनियमितता,हत्याहिंसा र बलात्कारका घटनालाई संरक्षण गरिरहेको आरोप लगाए । उनले जुनसुकै सरकारले गरेका हरेक गलत कार्यहरूका विरुद्ध कुनै लोभलालचमा नलागी एक भएर यो अभियानमा अधि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सत्ताको मात लागेर जनतामाथि सरकारले गरेको दमन र अत्याचारको बदला जनताले लिएरै छाड्ने विश्वास समेत सभापति श्रेष्ठले व्यक्त गरे ।

स्थानीय जनप्रतिनिधिले आर्थिक लोभमा एकलौटी ढंगले र नक्कली उपभोक्ता खडा गरि कागजपत्र मिलाएर गाउँपालिका भित्र लाखौं रकम अनियमितता गरेको आरोप छाया सरकार प्रमुख महतले लगाए ।

महतले जनप्रतिनिधि र उपभोक्ता समिति मिलेर गरेका आर्थिक अनियमितताका सम्बन्धमा पटकपटक सार्वजनिक सुनुवाइ,मौखिक र लिखित निवेदन दिँदा समेत सुनुवाइ नभएकोले यो अभियान सुरु गरिएको र यसलाई प्रभावकारी रूपमा अघि बढाउन सबैलाई अनुरोध गरे । यो समितिले नेपाली कांग्रेसको गाउँपालिका र वडा समितिसँगको समन्वय र सहकार्यमा इश्मा गाउँपालिकाका सबै वडामा संगठन बिस्तार,क्षमता अभिवृद्धी का साथै सुशासन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने जानकारी संयोजक कृष्ण प्रसाद रिजालले दिए ।

इश्मा गाउँपालिका छाया सरकार प्रमुख चन्द्रबहादुर महतको अध्यक्षतामा,नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्यालको सन्चालनमा सम्पन्न भेलामा नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णु बलाल ,सचिव खिलध्वज पन्थी,शेर बहादुर कुँवर र कृष्ण रिजाल लगायतका वक्ताले स्थानीय तहमा जनप्रतिनिधिबाट भएको भ्रष्टाचार,अन्याय, अत्याचार र धम्कीको कारण सर्वसाधारणमा त्रास पैदा गरिरहेको अवस्थामा यो अभियानको सुरूवात सार्थक भएको र यसलाई जनताको भावना बमोजिम हरेक तहमा अघि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए ।

हाल इश्मा गाउपालिका अन्तर्गत जनप्रतिनिधिको संरक्षणमा उपभोक्ता समितिबाट भएका आर्थिक अनियमितता लगायत अन्य गतिविधिका विरुद्ध २ दर्जनभन्दा बढी लिखित र मौखिक उजुरी परे पनि कुनै सुनुवाइ हुन नसकेको जानकारी तरुण दलका अध्यक्ष झबिन्द्र अर्यालले दिए भने केहि उजुरी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको पनि जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्