Logo

सर्वाधिक गोलकर्तामा रोनाल्डो भन्दा मेसी अगाडी



Spread the love

७ जेठ, काठमाडाैँ – बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

आइतबार राति ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा दुई गोल गरेसंगै क्लबका सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सीले इटालियन क्लब युभेन्ट्सका रोनाल्डोलाई उछिनेका हुन् ।

मेस्सीले लिगको अन्तिम खेलमा इबरविरुद्ध दुई गोल गरेका थिए । इबरमाथिको गोलसंगै मेस्सीले क्लबका लागि ६०२ गोल पुरा गरे । र, रोनाल्डोलाई एक गोलले पछि बनाए । बार्सिलोनाबाट मात्र खेलेका मेस्सीले ६८६ खेलमा ६ सय गोल गोल पुरा गरेका हुन् ।

रोनाल्डोले हालसम्म क्लबका लागि ६०१ गोल गरेका छन् ।

मेसीले यो सिजन ला लिगामा ३६ गोल गर्दा रोनाल्डोले सिरि ए मा २१ गोलको योगदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्