Logo

भारी गोलअन्तरको जीत निकाल्दै सेथु फाइनलमा, सावित्राको अर्को ह्याट्रिक



Spread the love

७ जेठ, काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडी सम्मिलित सेथु फुटबल क्लब हिरो वुमन्स आई लिग फुटबलको फाइनल प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को भारी गोल अन्तरले पराजित गर्दै सेथु उपाधि नजिक पुगेको हो ।

गुरु नानक मैदानमा सुथुको जितमा नेपाली फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । सावित्राले ४१ औं, ५९ औं, ६५ औं र ९० औं मिनेटमा गोल गरेकी थिईन् ।

यस्तै डाग्मी ग्रेसले ह्याट्रिक गर्दा रतनबला देवीले एक गोल गरिन ।

अब बुधबार हुने फाइनलमा सेथुले मनिपुर पुलिससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्