Logo

क्रुसले रियल बसाइ लम्ब्याए



Spread the love

७ जेठ, काठमाडाैँ – जर्मन मिडफिल्डर टोनी क्रुसले स्पेनिस रियल मड्रिडसंगको अनुबन्ध सम्झौतामा नवीकरण गरेका छन् ।

स्पेनिस क्लब रियलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै क्रुसले थप चारवर्षको लागि सम्झौतामा नवीकरण गरेको जनाएको छ ।

नवीकरण सम्झौतासंगै प्ले मेकर क्रुस सन् २०२३ को जुन ३० सम्म रियलमा रहने छन् । विश्वकप विजेता क्रुस सन् २०१४ मा वायर्न म्युनिखबाट रियल आएका थिए ।

२९ वर्षे क्रुसले रियलबाट २३३ खेलमा २८ ला लिगा र ८ च्याम्पियन्स लिग गोल गरेका छन् । रियलबाट उनले ११ उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्