Logo

आइएलओले गरेको सहयोगका लागि धन्यवाद



Spread the love

७ जेठ, काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको जीवनमा आधारभूत परिवर्तन ल्याउन नेपाल सरकारले सञ्चालन गरेका कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेको सहयोगका लागि धन्यवाद गरेका छन् ।

मन्त्री विष्टसँग आज आइएलओको सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रीय निर्देशक टोमोको निसिमोटोले गरेको शिष्टाचार भेटमा उनले श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन श्रम सङ्गठनले गर्दै आएको सहायताप्रति आभार प्रकट गरे । आगामी दिनमा आइएलओसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै मन्त्री विष्टले आइएलओको शतवार्षिकी समारोहको सफलताको कामना गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भेटमा निर्देशक निसिमोटोले नेपाल सरकारले श्रमिकका अधिकार सुनिश्चित हुने गरी सामाजिक सुरक्षालगायत कार्यक्रम अगाडि बढाएको भन्दै खुसी व्यक्त गरे । उनले श्रमको सम्मान अभियान, आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जनालगायत कार्यक्रम घोषणा गरिएकामा आइएलओ उत्साहित देखिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्