Logo

सामाजिक सञ्जालमा तल्लोस्तरमा लेख्ने पक्राउ



Spread the love

७ जेठ, काठमाडाैँ – महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई हिजो बानेश्वरबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा संलग्न रहेकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्