Logo

एशियन फर्मास्युटिकलमा भीषण आगलागी,करोडौँको औषधि क्षणभरमै सखाप



Spread the love

७ जेठ, रुपन्देही – रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा हिजो साँझ ५ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो । आगो नियन्त्रणको निरन्तर प्रयास भएपनि पूर्ण रुपमा सफल हुन धेरै समय लागेको थियो ।

आगलागीबाट निकै ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले बताए । औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको उत्पादित औषधि रहेकाले सबै नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्