Logo

औषधि उपकरण खरिदमा बेथिति, ४० करोडका अत्याधुनिक मेसिन थन्किदा बिरामी मर्कामा



Spread the love

७ जेठ, काठमाडौं ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)ले ४० करोड ९८ लाख रुपैंयामा खरिद गरेर ल्याएका दुईवटा नयाँ अत्याधुनिक मेसिनहरू झन्डै एक वर्षदेखि थन्किएका छन् । सार्वजनिक खरिद प्रक्रिया मिचेर अनियमित किसिमले औषधि उपकरणहरू खरिद गरिएको भन्दै विवाद भएपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा दुई थान ती मेसिनहरू थन्किएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

‘न्युरो सर्जरी इक्विपमेन्ट’ थन्किँदा बिरामीहरू मारमा परेको अस्पतालका कर्मचारीहरूले बताएका छन् । ‘न्युरो सर्जरी इक्विपमेन्ट’ले कुनै पनि अपरेसनलाई यथाशीघ्र पूरा गर्न मद्दत गर्ने डाक्टरहरू बताउँछन् । न्युरो सर्जन डा. राजीव झाका अनुसार अपरेसनका क्रममा प्रविधिले २० देखि ३० प्रतिशत सहज बनाउँछ । तर, सोही उपकरणको खरिद प्रक्रिया नमिल्दा मेसिन थन्किएको र प्रयोग गर्न सकिएको छैन ।

उता सार्वजनिक खरिद पुनरावलोकन समितिले ‘इन्ट्रा–अपरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टम सिटीसम्बन्धी अत्याधुनिक मेसिन’ खरिद प्रक्रिया गैरकानुनी भएको ठहर गरेको छ । समितिले बोलपत्र माग गर्दा एक उपकरण सेट माग गरे पनि दुई उपकरण खरिद गरेको जनाएको छ । सार्वजनिक निकायले बोलपत्र पेस गरेकोमा दुई सेटको प्रस्तुत भएको हुँदा दुई सेटको रकम आफैंले दोब्बर बनाई सम्झौता गर्नु गैरकानुनी काम भएको समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्