Logo

‘नारायणहिटी राजदरबार’का गाडी उपराष्ट्रपति र सेनालाई



Spread the love

७ जेठ, काठमाडौं ।
संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणत गर्यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेका नारायणहिटी दरबारका सबै संरचना संरक्षित हुँदै राजतन्त्रको अध्ययन गर्ने थलो बने। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

उचित संरक्षण गरेर संग्रहालमै राख्नुपर्ने ऐतिहासिक महत्त्व बोकेका सवारीसाधन सरकारी निर्णयबाटै नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संस्कृतिविदहरूले संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सरकारी कदमको आलोचना गरेका छन्।

राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी पाँच वर्षअघि मात्र नेपाल प्रहरीलाई दिइएको थियो। उपराष्ट्रपति, सेना र प्रहरीले लगेका बुलेट प्रुफ कारको प्रतिएकको मूल्य १६ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

सेनाले लगेका चारमध्ये दुईवटा चालू हालतमा रहेका र दुईवटा मर्मतमा मात्रै तीन करोड रुपैयाँ खर्च गरिएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमल तथा राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडीमध्ये गृह मन्त्रालयले उपराष्ट्रपति पुनलाई एउटा र सेनालाई चारवटा हस्तान्तरण गरेको छ। २०७५ असोज ७ गते उपराष्ट्रपति पुनले प्रयोग गर्दै आएका छन्। त्यसअघि पनि उपराष्ट्रपति कार्यालयले संग्रहालयका नाममा भएको अर्को बुलेटप्रुफ गाडी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्