Logo

जग्गा अतिक्रमण विवादकै कारण आइतबारदेखि कालिञ्चोक केवलकार बन्द



Spread the love

 

७ जेठ, काठमाडौं ।

कालिञ्चोक केवलकार जग्गा अतिक्रमणको विवादका कारण आइतबारदेखि बन्द भएको छ। दोलखाको कुरी क्षेत्रका स्थानीय र केवलकारबीच शनिबार भएको विवादले केवलकारको सेवा प्रभावित भएको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

स्थानीयसँग गत शनिबार दिउँसो भएको विवादले आइतबारबाट केबुलकार सञ्चालन बन्द भएको हो। कालिञ्चोक केवलकारका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीका अनुसार स्थानीयले केवलकारमा तोडफोड गरेको र भौतिक संरचनामा आक्रमण गर्न खोजेपछि केबुलकार बन्द गरिएको हो।

उनका अनुसार स्थानीयको आक्रमणबाट दुईमध्ये केबुलकारको एउटा सिस्टम पूर्ण बन्द भएको छ एउटा सिस्टममा स्थानीयको आक्रमणबाट करिब एक करोड ६३ लाख रुपैयाँको क्षति भएको दाबी उनले गरे। उनका अनुसार क्षतिपछि बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्