Logo

अप्टिकल फाइबर विस्तारको काम सुरु, प्रधानमन्त्रीद्धारा उदघाटन



Spread the love

७ जेठ, काठमाडौं ।

नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा गरिने अप्टिकल फाइबर विस्तारको काम सोमबारदेखि सुरु भएको छ। यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छी गाउँपालिका मासटारबाट उक्त परियोजनाको उद्घाटन गरेका छन्। सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट पनि एकै साथ फाइबर विस्तारको काम सुरु भएको हो।

मध्यपहाडी लोकमार्गअन्तर्गत १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको थियो। ओलीले समृद्ध नेपालको यात्रामा नेपालले ठूलो पाइला चालेको बताए। अहिलेको सरकार सूचनाप्रविधिमैत्री सरकार भएको र विकासको गतिमा यो सरकारले हरेक दिन एक पाइला चालिरहेको उनले बताए। उनले भने, ‘आज अप्टिकल फाइबर शिलान्यास गरेर विकासको गतिमा ठूलो पाइला चालियो, समृद्ध नेपाल र सुखी नेपाली अभियानका लागि यो एउटा ठूलो फड्को हो।’

प्रतिक्रिया दिनुहोस्