Logo

यस्तो छ राजधानीलाई प्रदूषणमुक्त बनाउने योजना



Spread the love

air pollution

सरकारले राजधानी सहर काठमाडौँ उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत् कार्ययोजना प्रस्ताव गरेको खबर आजको नागरिकमा छापिएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरकोकारवाला विभिन्न मन्त्रालयसँगा सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मङ्गलवारको मन्त्रिपरिषद् बैठकमा भएको छ ।बैठकमा प्रस्तावमाथि लामै छलफल भएको थियो ।

स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा वायु प्रदूषणको समस्या विकराल बन्दै गएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेकाले न्यूनीकरणका लागि कार्ययोजना प्रस्ताव गरेको बताए । नेपालको संविधानको धारा ३५ले समेत स्वच्छ वातावरणको हक सुनिश्चित गरिसकेको अवस्थामा वायु प्रदूषणबाट जनस्वास्थ्यमा परेको असर घटाउन यो कार्ययोजना लागू गर्नुपर्ने थापाले बताए।

-विकास निर्माणमा नियमित समन्वय
-दिनमा कम्तीमा एक पटक सडकको धुलो तान्ने
-पिच भत्काएपछि तत्काल ग्राबेल
-फोहोर जलाए दण्ड
-प्रत्येक शुक्रवार नो भइकल डे
-गुणस्तरीय मास्कमा अनुदान

प्रतिक्रिया दिनुहोस्