Logo

अर्जुनधाराधाममा निःशुल्क रात्रिकालीन भोजन



Spread the love

७ जेठ, भद्रपुर – पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए ।

उनले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए । “हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो”, कोषाध्यक्ष जोशीले भने, “सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।”

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु ३५ लाख बढी भइसकेको उनले जानकारी दिए । भविष्यमा रु एक करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।

अर्जुनधाराधाम तीर्थयात्रीको पछिल्लो समय ‘ट्रान्जिट प्वाइन्ट’जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भने, “ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धाम जाने यात्रु यहीँ आएर बास बन्नुहुन्छ । उहाँहरुका लागि भोजन र आवास दुवैको व्यवस्था छ ।”

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि शुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिए । उनका अनुसार धाम परिसरमै अतिथिगृहको समेत निर्माण भइरहेको छ

प्रतिक्रिया दिनुहोस्